Wednesday, September 11, 2013

blog 2

This is blog 2 . testing

blog1

This is blog 1. testing purpose.

Friday, January 6, 2012

भद्रगोल ( The worst goal)

आफैदेखि दया लगेर आयो एकदमै भद्रगोल जीवन देखेर र सोचे मेरो मात्र कहाँ हो र सबै नेपालीको जीवन भद्रगोल छ किनभने नेपालमा संबिधान नै छैन सबै आ-आफ्नै पाराले जे मन लग्यो त्यहि गर्छन र त्यहि नै यो सारा भद्रगोल को कारण हो सबैमा परिचित शब्द गोल गर्नको लागि धेरै नियमको अनुशासन को र मिहिनेतको आवश्यकता पर्छ र गोल आफैंमा एकदमै उच्चस्तरीय शब्द हो र भद्र भने शब्द पनि नेपाली भाषाको एकदमै उच्चस्तरीय शब्द हो  जसले सभ्य वा असल मानिस भन्ने गुण लाई दर्शाउछ जब यिनै समाजका भद्र भलादमी ले नियम मिचेर गोल गर्न थाल्दछन अनि बन्दछ एकदामी झ्याउ लाग्ने किसिमको शब्द भद्रगोल जुन संबिधान र कुनै पनि ठोस नियमको अभावमा खेलाडीले मात्र होइन दर्शक ले रेफ्रीले निर्णायकले क्यामेरा-मेन ले इत्यादी इत्यादिले खुट्टाले मात्र नभई हातले दाँतले र जे पायो त्येसले गर्ने गोल हो भद्रगोल
भद्र भलादमी ले नै गरेको भनेपछि कुनै पनि कामलाई नराम्रो भन्ने हिम्मत मजस्ता पाजीले के गर्नु त्यसमाथि पनि यो त काम मात्र नभई महाकाम हो किनभने यो त भद्रहरुले गरेको र जसले निर्णायक रुप लिंदा सम्पूर्ण मजस्ता लाखौं / करोडौं लफंगाहरुले सिटि फुक्ने , ताली बजाउने , अनि खोल्न मिल्ने जति सबै लुगा खोलि हावामा उडाउने गर्छौं तसर्थ यो भद्रहरुको गोल को बयान गर्न म असमर्थ छु

र बाकी रह्यो आफ्नै कुरा , के गर्नु आफु पनि मपाईं बाद को समर्थक र आफुलाई भलादमी ठान्ने भएकोले र फुटबल पनि मन पर्ने भएकोले जीवनमा नियम नै मिचेर भएपनि धेरै नै गोल (माफ गर्नुहोला भद्रगोल) गरेको छु र जसले असली गोल लाई नै छायाँमा पारेको छ
अब खासै  धेरै भद्रगोल गर्ने त मन छैन र खासमा गोल चाहिं कत्तिको गरिन्छ पछी बयान गर्दै गरौंला
Hand Goal By Maradona


Rambabu Thapa (ntxist) (written on 25th Feb 2011)

Wednesday, December 22, 2010

मेरो नामको इतिहास ...

मेरो नाम रामबाबु थापा हो जुन कुरा म जान्ने र बुझ्ने भएदेखि मलाई थाहा छ जुन कुरा आजको दिनसम्म धेरैले थाहा पाइसकेका छन् तर पनि मेरो नामको एउटा इतिहास छ भन्ने कुरा प्राय: कसैलाई थाहा छैन होला जुन आज म भन्न गैरहेको छु ..........

२०४८ साल जेष्ठ महिनाको १८ गते यो रामबाबुले यस धरती मा पैला टेक्यो जसको कारणले गर्दा यसको परिवारमा
खुसीको कुनै सिमा थिएन होला किन भने यो नेपाली पुरुषप्रधान समाजमा अवस्थित यसको परिवारमा लगातार चार सुपुत्रीहरुको पाइला पछ्याउंदै यो पनि त्यस परिवारको हिस्सा बन्न आइपुगेको थियो बल्ल बल्ल जन्मेको छोरो हल्का काले नै भए पनि सानोमा त राम्रो नै थियो तर फसाद पय्रो किनभने यस्तो राम्रो छोराको नाम के राख्ने त अब ..................

तर एउटा स्थायी नाम सोच्नुभन्दा अघि साह्रै राम्रो भएकोले यसको नाम नै "राम्रोबाबु" राखियो त्यसपछि को भन्दा को कम भनेझैं सबैको तछांड मछांड नै चल्यो यसलाई राम्रोबाबु भनेर बोलाउनलाई अझ यो काले मस्किदिन्दा त सबै मख्ख नै पर्ने नि .......

तर अब समयको चक्र संगै यो पनि ठुलो हुँदै र बुझ्ने हुँदै गयो ... यति समयसम्म त यसले रुनु र हाँस्नु को अर्थ बुझिसकेको थियो तर नेपालि व्याकरण नजानेको यसले राम्रोबाबु लै "राम रो बाबु " भनेर बुझ्न थाल्यो छोरो के कम नि जसले "राम्रोबाबु" भन्थ्यो डाँको छोडेर घर नै उचाल्ने गरि रुन्थ्यो तर यो रुनुको रहस्य यसलाई बाहेक कसैलाई थाहा थिएन एकदिन आमाले माया गरेर फकाई फकाई सोध्दा त यसले भन्यो सबै ले मलाई "राम रो बाबु"भन्छन त्यहिँ भएर आज्ञापालन गरेर मा पनि रो'को नि ....आमाले हाँसो रोक्न सकिनन् तर पनि छोरा को नाम क राख्ने भनेर अलमल्ल परिन त्यस पछि यसले भन्यो मलाई "रामबाबु" मात्र भने भैहाल्यो नि अर्को नाम किन चाहियो र ?......
त्यसै बेला एउटा आपतकालीन पारिवारिक सम्मेलन सम्पन्न भयो र "राम्रोबाबु"को नामबाट "रो" उच्चारण नगर्ने निर्णय सम्पूर्ण मतले पारित गरियो र त्यसै दिनदेखि यसलाई "राम रो बाबु" भन्नेहरुले कठिनताका साथ् भए पनि "रामबाबु "भन्न थाले .......
.....तिनीहरुले बोलाउदा 'हजूर' 'हजुर' भन्दा भन्दा मेरो नाम "राम्रोबाबु"बाट रामबाबु भएको मैले चालै पाइन र अन्त्यमा ...मेरा प्यारा साथीहरुले पनि मलाई रुवाउन 'राम रो बाबु' भन्ने कष्ट नगर्नुहोला धन्यबाद !!!!!!
Rambabu Thapa @ Campion Academy