आफैदेखि दया लगेर आयो एकदमै भद्रगोल जीवन देखेर र सोचे मेरो मात्र कहाँ हो र सबै नेपालीको जीवन भद्रगोल छ किनभने नेपालमा संबिधान नै छैन सबै आ-आफ्नै पाराले जे मन लग्यो त्यहि गर्छन र त्यहि नै यो सारा भद्रगोल को कारण हो । सबैमा परिचित शब्द गोल गर्नको लागि धेरै नियमको अनुशासन को र मिहिनेतको आवश्यकता पर्छ र गोल आफैंमा एकदमै उच्चस्तरीय शब्द हो र भद्र भने शब्द पनि नेपाली भाषाको एकदमै उच्चस्तरीय शब्द हो जसले सभ्य वा असल मानिस भन्ने गुण लाई दर्शाउछ । जब यिनै समाजका भद्र भलादमी ले नियम मिचेर गोल गर्न थाल्दछन अनि बन्दछ एकदामी झ्याउ लाग्ने किसिमको शब्द भद्रगोल जुन संबिधान र कुनै पनि ठोस नियमको अभावमा खेलाडीले मात्र होइन दर्शक ले रेफ्रीले निर्णायकले क्यामेरा-मेन ले इत्यादी इत्यादिले खुट्टाले मात्र नभई हातले दाँतले र जे पायो त्येसले गर्ने गोल हो भद्रगोल ।
भद्र भलादमी ले नै गरेको भनेपछि कुनै पनि कामलाई नराम्रो भन्ने हिम्मत मजस्ता पाजीले के गर्नु त्यसमाथि पनि यो त काम मात्र नभई महाकाम हो किनभने यो त भद्रहरुले गरेको र जसले निर्णायक रुप लिंदा सम्पूर्ण मजस्ता लाखौं / करोडौं लफंगाहरुले सिटि फुक्ने , ताली बजाउने , अनि खोल्न मिल्ने जति सबै लुगा खोलि हावामा उडाउने गर्छौं । तसर्थ यो भद्रहरुको गोल को बयान गर्न म असमर्थ छु ।
र बाकी रह्यो आफ्नै कुरा , के गर्नु आफु पनि मपाईं बाद को समर्थक र आफुलाई भलादमी ठान्ने भएकोले र फुटबल पनि मन पर्ने भएकोले जीवनमा नियम नै मिचेर भएपनि धेरै नै गोल (माफ गर्नुहोला भद्रगोल) गरेको छु र जसले असली गोल लाई नै छायाँमा पारेको छ ।
अब खासै धेरै भद्रगोल गर्ने त मन छैन र खासमा गोल चाहिं कत्तिको गरिन्छ पछी बयान गर्दै गरौंला ।
Rambabu Thapa (ntxist) (written on 25th Feb 2011)

![]() |
Hand Goal By Maradona |
Rambabu Thapa (ntxist) (written on 25th Feb 2011)
No comments:
Post a Comment