Friday, January 6, 2012

भद्रगोल ( The worst goal)

आफैदेखि दया लगेर आयो एकदमै भद्रगोल जीवन देखेर र सोचे मेरो मात्र कहाँ हो र सबै नेपालीको जीवन भद्रगोल छ किनभने नेपालमा संबिधान नै छैन सबै आ-आफ्नै पाराले जे मन लग्यो त्यहि गर्छन र त्यहि नै यो सारा भद्रगोल को कारण हो सबैमा परिचित शब्द गोल गर्नको लागि धेरै नियमको अनुशासन को र मिहिनेतको आवश्यकता पर्छ र गोल आफैंमा एकदमै उच्चस्तरीय शब्द हो र भद्र भने शब्द पनि नेपाली भाषाको एकदमै उच्चस्तरीय शब्द हो  जसले सभ्य वा असल मानिस भन्ने गुण लाई दर्शाउछ जब यिनै समाजका भद्र भलादमी ले नियम मिचेर गोल गर्न थाल्दछन अनि बन्दछ एकदामी झ्याउ लाग्ने किसिमको शब्द भद्रगोल जुन संबिधान र कुनै पनि ठोस नियमको अभावमा खेलाडीले मात्र होइन दर्शक ले रेफ्रीले निर्णायकले क्यामेरा-मेन ले इत्यादी इत्यादिले खुट्टाले मात्र नभई हातले दाँतले र जे पायो त्येसले गर्ने गोल हो भद्रगोल
भद्र भलादमी ले नै गरेको भनेपछि कुनै पनि कामलाई नराम्रो भन्ने हिम्मत मजस्ता पाजीले के गर्नु त्यसमाथि पनि यो त काम मात्र नभई महाकाम हो किनभने यो त भद्रहरुले गरेको र जसले निर्णायक रुप लिंदा सम्पूर्ण मजस्ता लाखौं / करोडौं लफंगाहरुले सिटि फुक्ने , ताली बजाउने , अनि खोल्न मिल्ने जति सबै लुगा खोलि हावामा उडाउने गर्छौं तसर्थ यो भद्रहरुको गोल को बयान गर्न म असमर्थ छु

र बाकी रह्यो आफ्नै कुरा , के गर्नु आफु पनि मपाईं बाद को समर्थक र आफुलाई भलादमी ठान्ने भएकोले र फुटबल पनि मन पर्ने भएकोले जीवनमा नियम नै मिचेर भएपनि धेरै नै गोल (माफ गर्नुहोला भद्रगोल) गरेको छु र जसले असली गोल लाई नै छायाँमा पारेको छ
अब खासै  धेरै भद्रगोल गर्ने त मन छैन र खासमा गोल चाहिं कत्तिको गरिन्छ पछी बयान गर्दै गरौंला
Hand Goal By Maradona


Rambabu Thapa (ntxist) (written on 25th Feb 2011)